मनोरंजन

रानु मण्डलको प्रसिद्धिलाई लिएर लता मंगेशकरको प्रतिक्रियामा फ्यानहरु रिसाएपछि…

एजेन्सी । राणाघाटको रेलवे स्टेशनमा गीत गाएर आफ्नो गुजारा गर्ने रानु मण्डलले बलिउडमा आफ्नो पहिचान बनाएकी छिन् । राणाघाट रेलवे स्टेशनमा रहँदा उनले लता मंगेशकरको ‘एक प्यारका नगमा हे’ गीत गाएर चर्चा बटुलेकी थिइन् ।

हालसालै उनको प्रसिद्धिमा स्वयं लता मंगेशकरले पनि आफ्नो राय दिएकी छिन् । यद्यपि उनी रानुको सफलतामा खुसी त थिइन् तर लताले एक अन्तर्वातामा भनेकी थिइन् की यद्यपि उनी रानुको सफलतामा खुसी त थिइन् तर लताले एक अन्तर्वातामा भनेकी थिइन् की ‘नक्कल कहिल्यै पनि सफलताको टिकाउ साधन हुन सक्दैन ।’

खासमा उनले यो कुरा रानुका अलावा बाँकी अन्य गायक÷गायिकालाई पनि भनेकी थिइन् तर लताको यस बयानलाई लिएर सामाजिक सञ्जालमा थुप्रै मानिसहरुलाई निराश बनाएको छ । लताको यस बयानलाई बिरोध गर्दै मानिसहरुले ट्विट पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *