प्रमुख समाचार

एसिया–प्रशान्तको भ्रमण खर्चको २५ प्रतिशत पाँच सहरमा

टोकियो-एसिया–प्रशान्तको सर्वाधिक लोकप्रिय भ्रमण गन्तव्यमा बैंकक, सिंगापुर, क्वालालाम्पुर, टोकियो र सोल रहेको नयाँ अध्ययनले देखाएको छ । गत वर्षको भ्रमणमा यी पाँच सहरले २२ प्रतिशत आकर्षित गरेको मास्टरकार्डको वार्षिक एसिया प्यासिफिक डेस्टिनेसन इन्डेक्सले बुधबार जनाएको छ । यो क्षेत्रमा ठूलो भ्रमण खर्च हुने गरेको छ । यो १६१ सहरमा भएको खर्चको २५.२ प्रतिशत रहेको छ ।

क्षेत्रको २०१८ को उत्कृष्ट ४ भ्रमण गन्तव्यमा पनि अघिल्लो वर्षको तुलनामा कुनै परिवर्तन आएको छैन । लगातार नवौ वर्षमा पनि बैंकक पहिलो र सिंगापुर दोस्रो स्थानमा रहेका छन् । यी सहरहरुले क्रमशः २ करोड २८ लाख र १ करोड ४७ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्राएका थिए ।

२००९ मा पहिलो स्थानमा रहेको क्वालाम्पुर तेस्रो स्थानमा रहेको छ । यो सहरले १ करोड ३८ लाा पर्यटक भित्राएको थियो । टोकियो चौथो स्थानमा रहेको छ । यो सहरले १ करोड २९ लाख पर्यटक भित्राएको थियो ।

दक्षिण कोरियाको राजधानी सोल पाँचौ स्थानमा रहेको छ । यसले थाइ टापु फुकेटलाई पाखा लगाउदै नव प्रवेशीको रुपमा पाचौ स्थानम रहन सफल भएको हो ।

गत वर्ष एसिया–प्रशान्तथले ३४ करोड २२ लाख व्यवसायीक र बिदा मनाउने पर्यटक आकर्षित गरेको थियो । यो २००९ का १५ करोड ९१ लाखको तुलनामा बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *