मनोरंजन

भुँइमै सुत्थे टाइगर श्राफ

एजेन्सी । टाइगर श्राफ छोटो समयमै बलिउडमा र दर्शकमा आफनो स्थान बनाउन सफल अभिनेता मानिन्छन‍् ।टाइगरको अहिलेको ल्याभिस लाइफस्टाइल देखेर कसैले पनि अनुमान गर्न सक्दैनन् कि उनले पनि कहिले अभावमा समय काट्नु परेको थियो भनेर ।

तर उनी सानो हुँदा आर्थिक अभावका कारण उनले धेरै दुख सहेका थिए । यो कुरा टाइगर आफैंले बताएका हुन् ।उनी सानो हुँदा उनकी आमाले होम प्रोड्क्सनमा बनाएको चलचित्र ‘बुम’ बक्स अफिसमा असफल थियो ।

त्यस चलचित्रमा घाटा भएपछि उनीहरुको घरमा यति आर्थिक अभाव भयो की घरमा भएको सबै फर्निचर बेच्नु परेको थियो । यतिसम्म की टाइगर सुत्ने खाट पनि बेचिएको थियो । र टाइगर कति समय भुइँमै सुत्नु परेको उनले बताए ।

पूर्व मिस वर्लड् मानुषी बलिउडमा डेब्यु गर्दै
सन् २०१७ की मिस वर्लड् मानुषी चिल्लरले चलचित्र क्षेत्रमा प्रवेश गर्ने भएकी छिन् । उनी अभिनेता अक्षय कुमारसँग डेब्यु गर्ने भएकी छिन्। यश राज फिल्मस्को ब्यानरमा बन्ने नयाँ ऐतिहासिक फिल्म ‘पृथ्वीराज चौहान’मा अक्षय र मानुषीलाई एकसाथ देखिने भएको छ । यो ऐतिहासिक फिल्म चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्दै छन् ।

फिल्ममा अक्षय पृथ्वीराजको र मानुषी कनौजकी राजकुमारीको भूमिका निर्वाह गर्दै छन् । फिल्म ‘पृथ्वीराज चौहान’को कास्टिङ लगभग तय भइसकेको छ। फिल्ममा पृथ्वीराज चौहानको पराक्रम सँगै पृथ्वीराज र कनौजकी राजकुमारी संयोगिताको प्रेमकथा देखाइने छ ।

अक्षय कुमारसँग उनको पछिल्लो चलचित्र “मिसन मंगल”को सफलतासँगै सूर्यावंशी, बच्चन पाण्डे, लक्ष्मी बमसहित धेरै फिल्मको लाइन छ। यति धेरै चलचित्रको लाइन हुँदा पनि नयाँ चलचित्रको अफर आइरहेको छ ।

मानुषीलाई मिस वर्लड्को ताज प्राप्तिपछि धेरै ब्यानरबाट अफर आएतापनि उनीले अरुवीकार गरेकी थिइन् । अहिले उनी ऐतिहासिक पुस्तक पढ्नुका साथै डान्स र एक्टिङका वर्कसपमा भाग लिइरहेकी छिन् । अब अक्षय कुमारलाई र मानुषी चिल्लरलाई एकसाथ चलचित्रमा देख्न पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *