काठमाडौं । नेपाली सञ्चारमाध्यमहरुले भारतका विषयमा चर्चा गरिरहेका हुन्छन् । तर भारतीय मिडियाहरु भने नेपालका बारेका त्यति धेरै चर्चा गर्दैनन् । तर भारतमा पाकिस्तानको चर्चा भने भइरहेको छ । तर भारतले नेपाली सेनाका अधिकृतहरुको कारबाहीको खबर प्राथमिकताको विषय बनाएको छ ।
द टाइम्स अफ इन्डिया, द स्टेट्सम्यान, इन्डिया डट कमलगायतका सञ्चार माध्यममा सातजना अधिकृतहरु मोटाएका कारण नेपाली सेनाले कारवाही प्रक्रिया अघि बढाएको विषय सम्बन्धी समाचार प्राथमिकताका साथ प्रकाशित गरिएका छन् । द स्टेट्सम्यानले त्यसरी तौल बढी भएका कारण तीन जना अधिकृतलाई बढुवा अस्वीकार गरिएको र चार जनालाई संयुक्त राष्ट्रसंघको मिसनमा जान रोक लगाइएको जनाएको छ ।
सैनिक अधिकारीहरु नियमित रुपमा शारीरिक फिटनेस टेस्टमा जानुपर्ने समेत समाचारमा जनाइएको छ । नेपाली सेनालाई तीन महिनादेखि तीन वर्षसम्म तौल चुस्त दुरुस्त राख्न समय दिइने गरेको र महिलाको लागि १ वर्षको समय दिने गरिएको जनाइएको छ ।