प्रमुख समाचार

एक अर्बको सडक निर्माण नसक्दै भत्कियो

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा निर्माणाधीन जनकपुरको सहरी सडक पूरा नहुँदै भत्कन थालेको छ। गुणस्तरहीन निर्माण समाग्रीको प्रयोग र मापदण्डविपरीत काम गर्दा निर्माण पूरा भएको घोषणा हुन नपाउँदै सडक भत्कन थालेको हो ।

जनकपुर बजार क्षेत्रमा भूमिगत नाला र सडक निर्माण तथा एकीकृत फोहोर व्यवस्थापनका लागि सडक बनाउन एडिबी र तत्कालीन जनकपुर नगरपालिकाबीच पाँच वर्षअघि सम्झौता भएको थियो ।

सम्झौताअनुसार अबको चार महिनाभित्र आयोजना पूरा गरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ । हस्तान्तरण गर्नुपर्ने समय नजिकिँदै जाँदा नयाँ बनेको सडक अधिकांश ठाउँमा जीर्ण भएको छ । केही स्थानमा सडकमुनि राखिएको ह्युमपाइप भासिएर सडक भत्किएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

काठमाडाैँमा डेङ्गु परीक्षण गराउनेको भीड बढ्याे
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहीबार डेङ्गु परीक्षण गर्ने बिरामीको लाइन निक्कै लामो थियो । अस्पतालबाट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कार्यालयसम्मै लाइनले नपुगेर अस्पताल परिसरमा बिरामीको बाक्लै
भीड पनि थियोे ।

टिकट काट्ने लाम त्यत्तिकै लामो थियो भने ज्वरो आएका बिरामी सकिनसकी भीडमा चिकित्सकको पालो कुरिरहेका थिए । ज्वरो युनिटको बहिरङ्ग (ओपीडी)मा मात्र सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनःलगायत अन्य चार जना चिकित्सक बिरामी जाँच्न व्यस्त हुनुहुन्थ्यो ।

ललितपुरको पुल्चोकबाट डेङ्गु भएको आशङ्कामा उपचार गराउन आउनुभएका विनोद मानन्धरले आफूलाई ज्वरो आएर ठीक नभएको, शरीर गल्ने, पिँडुला दुख्नेजस्ता समस्या भएपछि अस्पताल आएको बताउनुभयो । काठमाडौँ ताहाचलकी आशिष्मा शर्माले पनि ज्वरो आएपछि डरले जँचाउन अस्पताल आएको बताउनुभयो ।

त्यस्तै राजधानीकै बानेश्वरबाट आएका सञ्जय घिमिरे पनि डेङ्गुसँंग मिल्दो लक्षण भएपछि थप परीक्षणका लागि अस्पताल आउनुभएको हो । मानन्धर, शर्मा र घिमिरेजस्ता सयौँ व्यक्ति डेङ्गु उपचारका लागि अस्पताल आएर चिकित्सकको प्रतीक्षामा थिए । याे खबर आजकाे गाेरखापत्र दैनिकमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *