प्रमुख समाचार

काबुलका नेपाली भन्छन्- ‘सरकार, हामीलाई बचाऊ’

काठमाडाैं, २० भदाै : दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्यान लिने गरी भएको तालिवानी आतंकवादीको आक्रमणपछि बढ्दो सुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वा घर फर्काउन माग गरका छन् ।

सोमबारको आक्रमणमा १२ सर्वसाधारणसमेत मारिएपछि क्याम्पकै कारण तालिवानले आक्रमण गरेको भन्दै स्थानीयले बुधबार क्याम्पमा विरोध प्रदर्शन र तोडफोडसमेत गरेपछि नेपालीले थप असुरक्षा महसुस गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा स्थानीयले क्याम्पको गेट र पार्किङमा राखिएका गाडी जनलाइदिएका हुन् । स्थानीयको भीडलाई नेपाली सुरक्षाकर्मीले बल्लतल्ल नियन्त्रणमा लिएका थिए । शुक्रबार थप ठूलो प्रदर्शन हुने सूचना पाएपछि नेपाली थप चिन्तित छन् ।सरकारलाई उनीहरुले जसरी भएपनि फिर्ता गर्न अनुरोध गरेका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

ई-बैंकिङ असुरक्षित बन्दै, साइबर सुरक्षामा लगानी न्युन
बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि प्रवेशद्वारमा हतियारसहितका सुरक्षागार्ड बाक्लै रुपमा उपस्थिति हुन्छन्। तर, तिनै गार्डले चाल नपाउने गरी नगद चोरी भएको घटना अनौठो र अपत्यारिलो बन्दै छन्।

सूचना प्रविधिको प्रयोगसँगै बैंक तथा वित्तीय संस्थामा राखिएको नगद चोरी भएको घटना नौलो नभए पनि कतिपय अब्बल र इमान्दार बैंकर्स तथा सुरक्षा गार्डका लागि भने यस्तो घटना अनौठो र अपत्यारिलो बन्ने गरेका छन्।

बबरमहलस्थित प्रभु बैंकको मुख्यालयमा खटिएका एक सुरक्षागार्डले आश्चार्य मान्दै भने, ‘हाकिमले नै थाह नपाउने गरी चोरी हुँदो रहेछ, हामी त सामान्य कर्मचारी (सुरक्षागार्ड)।’ बैंक तथा वित्तीय संस्थाका लागि ‘ह्याकर’ ठूलो अपराधी भन्नेमा ती सुरक्षागार्ड विश्वस्त छन्।

तर, बैकर्सहरू भने यो समस्याप्रति गम्भीर तथा सचेत देखिँदैन, नेपाल प्रहरीको साइबरक्राइम अनुसन्धानकर्ता प्रहरी नायब उपरीक्षक पशुपति राय ई–बैकिङ सेवामा साइबर सुरक्षा थ्रेट विश्वकै लागि चुनौतिपूर्ण बन्दै गएको बताउँछन्। याे खबर आजकाे गाेरखापत्रमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *