जुम्ला । कर्णाली प्रदेश विकट जिल्ला जुम्लाकी प्रमुख जिल्ला अधिकारीको गाडी हिलोमा फसेको छ। जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेको गाडी बिहीबार हिलोमा फसेको हो।
गोठीचौर गाउँपालिकाका विभिन्न योजनामा अनुगमन गर्न गएका प्रमुख जिल्ला अधिकारी बन्जाडे सवार गाडी हिलोमा फसेको हो। सडक निर्माण समयमा नै सम्पन्न नहुँदा जनताले सास्ती भोगिरहेको बेला प्रमुख जिल्ला अधिकारीले पनि उक्त कष्ट भोग्नुपरेको हो।
उनको गाडी सुरक्षाकर्मीले साबेलले हिलोबाट निकालेका थिए। गोठीचौर गाउँपालिकाका विभिन्न योजनामा अनुगमन गर्न गएकी प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे सवार गाडी हिलोमा फसेपछि पैदल यात्रा गर्दै।
शनिवारदेखी लागू हुनेगरी दूधको मूल्य ह्वात्तै बढ्यो
सरकारले शनिवारदेखी लागू हुने गरी दूधको मूल्य बढाएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन दुग्ध विकास संस्थानलाई पत्राचार गरिसकेको छ।
बिहीबार संस्थानको बोर्ड बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो। बढेको मूल्यअनुसार कृषकले ६९ प्रतिशत अर्थात् ४ रुपैयाँ १६ पैसा र दुग्ध व्यवसायीले ३१ प्रतिशत अर्थात १ रुपैयाँ ८४ पैसा पाउनेछन्।
यसअघि दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न गठित कार्य दलले कम दूध उत्पादन हुने मौसममा १० रुपैयाँ र बढी उत्पादन हुने मौसममा प्रतिलिटर ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो। अहिले दूधको मूल्य प्रतिलिटर ७० रुपैयाँ रहेको छ। नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालका अनुसार मूल्य बढेपछि उपभोक्ताले प्रतिलिटर ७६ रुपैयाँ तिर्नुपर्नेछ।