प्रमुख समाचार

काबुलका नेपाली भन्छन्– ‘सरकार, हामीलाई बचाऊ’

काठमाडौं। दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्यान लिने गरी भएको तालिवानी आतंकवादीको आक्रमणपछि बढ्दो असुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वा घर फर्काउन माग गरेका छन् । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

सोमबारको आक्रमणमा १२ सर्वसाधारणसमेत मारिएपछि क्याम्पकै कारण तालिवानले आक्रमण गरेको भन्दै स्थानीयले बुधबार क्याम्पमा विरोध प्रदर्शन र तोडफोडसमेत गरेपछि नेपालीले थप असुरक्षा महसुस गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा स्थानीयले क्याम्पको गेट र पार्किङमा राखिएका गाडी जलाइदिएका छन् । स्थानीयको भीडलाई नेपाली सुरक्षाकर्मीले बल्लतल्ल नियन्त्रणमा लिएका थिए ।

शुक्रबार थप ठूलो प्रदर्शन हुने सूचना पाएपछि नेपाली चिन्तित छन् । ‘शुक्रबार प्रार्थनाको दिन भएकाले धेरै सर्वसाधारण विरोधमासहभागी हुन सक्ने र त्योहिंसात्मक हुन सक्ने सूचना आएको छ,’ गार्डा वर्ल्डका सुरक्षा सुपरभाइजर टेकजंगमल्लले बताए । ‘यहाँका सबै नेपालीको मनोबल खस्किएकोछ । चाँडोभन्दा चाँडो लगिदिए हुन्थ्यो,’ उनले भने ।

‘सरकारले जसरी भए पनि हामीलाई घर फिर्ता गर्नुपर्‍यो,’ क्याम्पका जीवनकुमार पाण्डेले बिहीबार राति टेलिफोनमा कान्तिपुरसँग भने, ‘यहाँको अवस्था निकै डरलाग्दो छ । हामी ५८ जनाले फिर्ता हुन्छौं, ड्युटी गर्न सक्दैनौं भनेर राजीनामा दिएका थियौं । तर जबरजस्ती नाइट ड्युटीमा खटाइएको छ । बुधबार रातिदेखि सुतेका छैनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *