मनोरंजन

कति छ ‘केजीएफ’ सुपरस्टार यश को सम्पत्ति ?

एजेन्सी । सन् २०१८ डिसेम्बर २१ मा प्रदर्शन भएको फिल्म ‘केजीएफ’ ले दक्षिण भारतीय अभिनेता यश लाई उनको करिअरमा थप उचाईमा पुर्याएको थियो । उक्त फिल्मले बक्स अफिसमा थुप्रै रेकर्डहरु पनि बनाएको थियो ।उनै सुपरस्टार यशले एक दर्जनभन्दा बढि साउथ फिल्ममा काम गरेका छन् ।

उक्त सुपरहिट फिल्मको सिक्वेल सन् २०२० मा रिलिज हुनेछ भने उनको चर्चा अहिले देखि नै हुँदैछ । यसका साथै उनको सम्पत्ति कति रहेको छ ? यो सबैलाई चासोको विषय हुन सक्छ । उनको सम्पत्तिबारे जानकारी लिऔं । (भिडियो)

‘साहो’ लाई लिएर के भन्छन् ‘बाहुबली’ निर्देशक राजामौली ?
साउथ सुपरस्टार प्रभासलाई उनको करिअरमा यो उचाइमा पुर्याउने श्रेय केवल राजामौलीको निर्देशन रहेको फिल्म ‘बाहुबली’ रहेको छ । बाहुबली सीरिजले उनलाई विश्वमै छुट्टै पहिचान बनाएको छ ।

यसका साथै अहिले प्रदर्शनमा रहेको फिल्म साहोलाई लिएर राजामौलीको धारणा के रहेको छ भनेर जान्नु सबैको चासोको विषय रहेको छ । जसमा मिडिया रिपोर्ट अनुसार राजामौलीले आम दर्शक भन्दा पहिले नै साहो हेरेका थिए ।

उनले यसका साथै फिल्मको लम्बाइलाई छोटो बनाउन आग्रह गरेका थिए । तर साहा निर्माण टिमले उनको सल्लाहलाई वेवास्ता गरेको पनि बताइएको छ । यसका साथै फिल्ममा केही परिवर्तन गर्न पनि लगाएका थिए । यद्यपि साहोले बक्स अफिसमा जोडदार कमाई गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *