प्रमुख समाचार

सहसचिव र उपसचिवको परीक्षामा अब आन्तरिकलाई बन्देज, सबै बाहिरबाट पदपूर्ति गर्ने

काठमाडौँ । नेपाल सरकारको नीतिगत तहको महत्वपूर्ण पद मानिने सहसचिव र उपसचिवको खुला परीक्षामा निजामती तहकै कर्मचारीलाई प्रतिस्पर्धा गर्न बन्देज गरिने भएको छ । अब सो परीक्षामा बाहिर रहेका दक्ष र योग्य जनशक्तिले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा दफाबार छलफलका क्रममा रहेको संघीय निजामती सेवा विधेयकको कर्मचारी पदपूर्तिसम्बन्धी व्यवस्थामा सांसदहरूले सहसचिव र उपसचिवको खुला प्रतिस्पर्धामा निजामती सेवाभित्रैका कर्मचारीलाई प्रतिस्पर्धा गर्नबाट बन्देज लगाउन सहमति गरेका हुन् ।

सो पदमा बाहिरका व्यक्तिहरूले मात्रै प्रतिस्पर्धा गर्न पाउनुपर्ने व्यवस्था गर्नुपर्नेमा सांसदहरू एकमत देखिएका छन् । यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव र उपसचिवको खुलातर्फको १० प्रतिशत पदमा निजामती सेवाभित्र र बाहिरका जोसुकैले पनि प्रतिस्पर्धा गर्न पाउने प्रस्ताव गरेको थियो ।

तर, अब भने बाहिरकाले मात्रै प्रतिस्पर्धा गर्न पाउने भएका छन् । यसका लागि सहसचिव पदमा परीक्षा दिनका लागि सरकारी निकायमा दर्ता भएको कुनै कम्पनी तथा संस्थामा सात वर्षसम्म अधिकृतस्तरमा काम गरेको हुनुपर्ने र उपसचिवका लागि अधिकृतस्तरमा पाँच वर्ष काम गरेको हुनुपर्ने प्रावधान राखिएको छ । उमेर ४० वा ४५ वर्ष कति कायम गर्ने भन्नेबारे भने सहमति जुटेको छैन । ४५ वर्षसम्मका लाई मान्यता दिँदा राम्रो हुने बताइएको छ । शैक्षिक योग्यता भने स्नातकोत्तर उतीर्ण हुनुपर्नेछ । याे खबर आजकाे राजधानी दैनिकमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *