राशिफल

कस्तो आज तपाईँको भाग्य ? हेर्नुस् राशिफल

वि.सं.२०७६ भाद्र २१ गते शनिबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०७ तारिख ।
भाद्रपद शुक्ल (ञँलाथ्व) नवमी, ज्येष्ठा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, प्रीति योग, बालब र कौलव करण ।
आजको चाडपर्व र उत्सवः अदुःख नवमी व्रत, अविधवा नवमी ।

मेष राशी

मेष राशी हुनेहरुको आज आम्दानीका नयाँ स्रोत फेला पर्नेछ । गरेका कामबाट फाइदा मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । आयआर्जन बढ्ने र उठ्न बाँकी रकम उठ्ने योग छ ।

कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा पुग्नेछ । पितृधनको उपयोगबाट प्रशस्त आम्दानी गर्न सकिनेछ । रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ । मनमा उत्साह बढ्नेछ ।

वृष राशी

वृष राशीहुनेहरुको लागि आज उत्साह र जाँगरमा कमी आउनेछ । लगानी र श्रमको उचित मूल्यांकन नपाइन सक्छ । समयमा होसियार बन्न नसक्दा खर्च मात्र बढ्नेछ ।

आम्दानीको तुलनामा खर्च बढी हुनेछ । प्रयत्न गर्दा पनि रकम उठाउन सकिदैन ।

मिथुन राशी

मिथुन राशी हुनेहरुको आज ईष्र्या गर्नेहरुले सताउनेछ । सोचेको काम नबन्न सक्छ तर कृषि तथा पशुपालनबाट भने सोचेको लाभ पाइनेछ।

कडा मेहनत र लगनशीलताका कारण रोकिएको काम बन्ने देखिन्छ । प्रयास गर्दा नयाँ काम र जिम्मेवारी हात पार्ने समय छ ।

कर्कट राशी

यस राशी हुनेहरुको आज पर्यत्न गर्दा समय सदुपयोग हुनेछ । आश मारेका धन हात लाग्न सक्छ । उद्योग र व्यापारमा फाइदा मिल्ने योग छ ।

काममा सोचेजस्तो लाभ मिल्नेछ । नयाँ काम शुरु गर्ने समय छ । प्रतिष्ठित काम गरेर अरुलार्य आकर्षित गर्न सकिनेछ ।

सिंह राशी

यस राशी हुनेहरुको आज सोचेको काम बन्ने योग छ । प्रतिष्ठा कमाउने समय छ । भाग्यले नसोचेको फाइदा दिनेछ ।

भविष्यमा जग बसाउने काम शुरु हुनेछ । कामको अवसर पाइनेछ । रोकिएका काम सम्पादन हुनेछ ।

कन्या राशी

कन्या राशी हुनेहरुका लागि काममा अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । लेनदेनमा कारणले विवाद आउन सक्छ ।

आर्थिक रुपमा नोक्सानी हुने योग छ । कामको उचित मूल्यांकन नहुन सक्छ । प्रयत्न गरेको काम समयमा सकिदैन ।

तुला राशी

यस राशी हुनेहरुका लागि आज आत्मबल र उत्साह बढ्नेछ । उम्किन लागेको काम पनि बन्ने योग छ । गरेको प्रयास सफल बन्नेछ ।

व्यापार व्यवसायमा विशेष लाभ मिल्ने देखिन्छ । व्यावसायिक यात्राको संभावना छ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।

वृश्चिक राशी

वृश्चिक राशी हुनेहरुका लागि भविष्यका लागि जग बसाउने समय छ । मातृधन र पैत्रिक सम्पत्तीको उपयोगबाट सामान्य लाभ लिन सकिनेछ । पशु धन र जमिबाट पनि सामान्य फाइदा मिल्नेछ । व्यापारमा पनि सामान्य फाइदा हुनेछ ।

गरेका कामबाट प्रशस्त लाभ लिन सकिनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । आम्दानी सामान्य भए पनि खाँचो टर्नेछ । तत्काल ठूलो फाइदा भने नहुन सक्छ । हतारमा गरेको निर्णयबाट घाटा हुन सक्छ ।

धनु राशी

धनु राशी हुनेहरुका लागि आज सामाजिक उत्तरदायित्व बहन गर्दै फाइदा लिने योग छ । जिम्मेवारी बढ्नेछ । किर्तिमानी काम गरेर प्रतिष्ठा कमाउने समय छ ।

उद्योग तथा व्यापारमा विशेष फाइदा पुग्नेछ । आर्जित धनको दीर्घकालिन उपयोग हुनेछ । पुरानो समयको उपयोग हुनेछ ।

मकर राशी

मकर राशी हुनेहरुका लागि आज बनिसकेको काम विग्रन सक्छ सचेत हुनुहोला । काममा लगानीको समय छ । आशा देखाउनेहरुबाट धोका पाइन सक्छ ।

व्यवसायिक काममा खर्च बढ्ने योग छ । सेवामुलक काममा प्रतिष्ठा मिल्ने देखिन्छ । वैदेशिक क्षेत्रबाट लाभ लिन सकिनेछ ।

कुम्भ राशी

यस राशी हुनेहरुका लागि आज परोपकारी तथा सामाजिक कामबाट प्रतिष्ठा प्राप्त हुनेछ । रोकिएका काम पुनः शुरु गर्ने समय छ । नाम र दाम आर्जित गर्ने समय छ ।

सहयोगीहरुले अप्रत्यासित सहयोग गर्नेछन् । दिर्घकालिन प्रयोजनमा धन खर्च हुनेछ । धैर्य र लगनशीलताले फाइदा दिलाउनेछ ।

मिन राशी

यस राशीका लागि आज मिश्रित प्रभाव देखिन्छ । व्यवसायको सन्दर्भमा टाढाको यात्रा हुन सक्छ । अनायासै खर्च बढ्ने समय छ । वै

देशिक कामबाट भनेजस्तो फायदा लिन सकिदैन । ठूला बडाको सल्लाह लिएर दिर्घकालिन फाइदाको लागि लगानी गर्ने समय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *