मनोरंजन

ऋतिक रोशनले क्याट्रिना कैफलाई किन ‘मजदुर’ भने ?

नयाँ दिल्ली  अभिनेता ऋतिक रोशन पछिल्लो समय फिल्म ‘वार’को प्रोमोशनमा ब्यस्त छन्  त्यस्तै अभिनेत्री क्याट्रिना कैफ पनि अहिलेको समय निकै ब्यस्त छन्  बलिउडमा यो जोडीले ब्याङ्गब्याङ्ग र जिन्दगी नामिलेगा दोबारालगाएतका फिल्ममा सँगै काम गरिसकेका छन्  यसरी दुईदुई वटा फिल्ममा सँगै काम गरिसकेका ऋतिकले आफ्नो हिराइन क्याट्रिनालाई मजदुर भनेकी छन् ।

ऋतिकले भने– ‘क्याट्रिना बाहिर हेर्दा मात्रै निकै सुन्दर देखिन्छिन् भित्रबाट उनी मजदुर हुन् ’ तपाईले पनि साच्दै हुनुहुन्छ होला, यति राम्री र गज्जबको डान्सर क्याट्रिनालाई किन ऋतिकले यसो भने  भनेर  शुक्रबारका दिन ऋतिक र क्याट्रिना एक अखबारले आयोजना गरेको कार्यक्रममा उपस्थित भए, जुन कार्यक्रम सिंगापुरमा आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा अभिनेत्री क्याट्रिना उपस्थित थिइन् भने भिडियो कन्फेरेन्सको लागि अभिनेता ऋतिक रोशन पनि त्यहाँ पुगेका थिए  यसैबीच अभिनेता ऋतिकले भनेम नकारात्मक तरिकाले होइन, सम्मानका साथ तारिफ गर्न चाहान्छु  मैले अभिनेत्री क्याट्रिनालाई मजदुर भन्न चाहान्छु  उनी हामीबीचको सबै भन्दा उत्कृष्ट कर्मचारी हुन् ’ उनले थपे ‘उनी निकै हट र सुन्दर छन्  तर पनि उनी भित्रैबाट मजदुर छन् उनी यस्तो ब्यक्ति हुन्, जसले भित्रिआत्मबाटै जमेर मिहेनत गर्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *