प्रमुख समाचार

महिलालाई अगाडि बढाउन पुरुषको भूमिका आवश्यक : उपमेयर खड्गी

काठमाडौं । काठमाडौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले महिलापुरुषको समान प्रयासबाट मात्र समृद्ध नेपाल सम्भव हुने बताएकी छन् ।काठमाडौंको म्हेपीमा आज आयोजित उद्घोषण तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै उनले महिला शिक्षित भए मात्र घर र समाज नै शिक्षित हुने भएले महिलालाई अगाडि बढाउन पुरुषले पनि भूमिका खेल्नु पर्ने धारणा राखिन ।

उपमेयर खड्कीले महिला सशक्तिकरणबाट मात्र परिवर्तन सम्भव हुने बताए ।कार्यक्रममा समाजसेवी रघुवरभक्त मानन्धरले समाजलाई अगाडि बढाउनका लागि महिला शिक्षित हुनु आवश्यक रहेको बताए ।१५ दिने उद्घोषण तथा सशक्तिकरण तालिमको सहजीकरण गीता मुनिकार र रमेश मुनिकारले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *