प्रमुख समाचार

दशैँमा महङ्गी : अहिलेदेखि नै विचौलियाको चलखेल

काठमाण्डौ । दशैँ, अझ भनौँ विजया दशमी आउन ठिक एक महिना छ । नेपालीहरुको सबैभन्दा ठूलो मानिने पर्व दर्शै नजिकिएसँगै बजार अस्तव्यस्त हुने गर्दछ । कालोबजारी, अभाव र मूल्यवृद्धि हरेक वर्ष चाडपर्वका बेला देखिने समस्या हुन् ।यस वर्ष पनि बजारमा चाडपर्वको संकेत देखिन थालेको उपभोक्ताको गुनासो छ । व्यापारीहरुले पनि खाद्यान्नको मूल्य जुनसुकै बेला बढ्न सक्ने बताएका छन् ।

दशैं नजिकिँदै जाँदा खाद्यान्नको माग र मूल्य दुवै बढेको छ । प्रत्येक वर्ष दशैको समयमा बजारमा सामानको मूल्य बढने हुँदा सर्वसाधारण मारमा पर्ने गरेका छन ।
अबको ठीक एकमहिना दशै छ ।दशैको नाममा अहिले बजारमा सामानको किनबेचमा व्यापारीहरुले मनपरी गर्ने गरेका छन् । व्यापारीहरुले चाडपर्वको नाममा उपभोतहरुलाई ठगिरहेका छन् । विशेष गरेर दशैंमा धेरै माग हुने खाद्यान्न अभाव सृजना गर्नेदेखि कालोबजारी र मूल्यवृद्धि गर्ने सानाठूला व्यापारी नै हुन् ।

यसपटक पनि खुद्रा व्यापारीहरु मूल्यवृद्धि हुन्छ भनेरै तयारीका साथ बसेको पाइन्छ । आफूहरुले खरिद गर्दा नै मूल्यवृद्धि हुने संकेत पाएको व्यापारी बताउँछन् ।त्यसो त सबै व्यापारीको मत एउटै छैन । होस् पनि कसरी । नेपालमा जुनसुकै वस्तुको वैज्ञानिक ढंगले निर्धारण हुँदैन । रातारात कुन वस्तुको मूल्य कति पुग्छ न बेच्नेलाई थाहा हुन्छ, न किन्नेलाई ।अनियन्त्रित बजारका कारण मर्कामा पर्ने उपभोक्ता नै हुन् । आज ५० रुपैयाँमा खरिद गरेको वस्तु भोली १०० रुपैयाँ नपुग्ला भन्न सकिदैन । दशैँ नजिकिएसँगै वस्तुको मूल्य वृद्धि भइसकेको उपभोक्ताको गुनासो छ ।

तर सरकारले बजार अनुगमन र दोषीलाई कारबाही गर्न नसक्दा उपभोक्ता चिन्तित छन् । सरकारले मुहानमै सफा गर्ने गरी बजार अनुगमन गर्ने बताए पनि प्रभावकारी हुन सकेको छैन ।उपभोक्ता ठग्ने व्यापारीलाई पहुँचका भरमा कारबाही नगरी उन्मुक्ति दिने, ठूला व्यवसायलाई छाडेर ससाना व्यवसायमा मात्र अनुगमन केन्द्रित भएपछि प्रभावकारी बन्न नसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *