मनोरंजन

यी गल्तीका कारण साहोले देखाउन सकेन बाहुबलीको जस्तो प्रदर्शन

काठमाडौं सुपरस्टार प्रभासको बहुप्रतीक्षित फिल्म साहोलाई लगभग सबै समीक्षकले दुत्कारेका छन् प्रभासका प्रशंसकहरू उनलाई हेर्न अनि फिल्मका दमदार एक्सन सिक्वेन्स हेर्न हल गए  तर क्रिटिक्स र दर्शकले फिल्मलाई नकारे ।फिल्मले राम्रै कमाइ गरिरहेको भए पनि प्रभासको बाहुबलीको जस्तो जादू यसमा चल्न सकेको छैन ।

धेरैजसो दर्शकले सुजीतको निर्देशन निकै कमजोर भएका कारण फिल्म राम्रो बन्न नसकेको प्रतिक्रिया दिए  कताकता गुजुल्टिएको कथा, औसत स्क्रीनप्ले र आवश्यकता भन्दा बढी ट्विस्ट एन्ड टर्नलाई दर्शकले पचाएनन् ।हिन्दी भाषामा रिलिज भएको साहोमा प्रभास आफैंले हिन्दी बोलेको सुनियो  तर प्रभासले बोलेको हिन्दी धेरै दर्शकले मन पराएनन् । प्रभासको साटो अरू कुनै कलाकारले हिन्दी डबिङ गर्नुपर्थ्यो भन्ने धेरैको मत रह्यो ।

फिल्ममा प्रभास र श्रद्धा कपूरको केमिस्ट्री पनि दर्शकहरूलाई चित्त बुझेन  सामाजिक सञ्जालमा प्रभाससँग अर्कै कुनै कलाकारलाई लिनुपर्थ्यो भन्ने आवाज उठ्यो आजकल धेरैजसो फिल्म डेढदेखि दुई घन्टाका हुन्छन्  तर साहो लगभग ३ घन्टाको छ  टाइट स्क्रीनप्ले नभएकाले दर्शक बीचैमा बोर हुन्छन् ।

फिल्ममा प्रभास र श्रद्धा बाहेक ज्याकी श्रोफ, चंकी पाण्डे, महेश माञ्जरेकर, अरुण विजय र मन्दिरा बेदी जस्ता प्रतिभाशाली कलाकारको उपस्थिति छ तर निर्देशकले ती कलाकारको उपयोग गर्र्नै जानेनन्  एकदुईवटा दृश्यमा बाहेक सबै कलाकार व्यर्थ लाग्छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *