प्रमुख समाचार

उडिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरक खसेपछि सोलुखुम्बुवासी त्रसित

सल्लेरी, २२ भदौ सोलुखुम्बुको फेरामा उड्दै गरेको कैलास एअरको हेलिकोप्टरबाट सिरक लगायतका सामग्री खसेपछि स्थानीयवासी त्रसित बनेका छन् गत बिहिबार फाप्लुबाट स्याङ्गबोचेतर्फ कार्गो ढुवानी गर्दा उडिरहेको हेलिकोप्टरबाट सामान झरेपछि स्थानीय त्रसित बनेका हुन् माइक लिमा कल साइन भएको हेलिकोप्टरबाट सामान झरेपछि स्थानीयले असुरक्षा महसुस गरेका छन्  उड्दै गरेको हेलिकोप्टरबाट बस्तीमा सामान खसेपछि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण समेत गराईएको छ ।

कैलाश एअरका अधिकारीहरुले चाहिँ अञ्जानमा गल्ती भएको र त्यसलाई सुधार्ने दाबी गरेका छन्  कैलाश एअरको हेलिकोप्टरले केही समययता फाप्लु विमानस्थलदेखि स्याङ्गबोचे विमानस्थलसम्म कार्गो ढुवानी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *