खेलकुद

३७ बर्षिया सेरेनालाई पराजित गर्दै १९ बर्षिया बियान्काले चुमिन् युएस ओपनको उपाधि

एजेन्सी, २२ भदौ एकताका युएस ओपन टेनिसमा एकछत्र राज गरेकी सेरेना विलियम्स पछिल्लो समय घट्दो उमेरसंगै उपबिजेतामै सिमित बन्नु परेको छ  यसैबीच गए राती भएको युएस ओपन टेनिसको फाइनल खेलमा ३७ बर्षिया सेरेनालाई पराजित गर्दै १९ बर्षिया बियान्का एन्ड्रीस्क्युले उपाधी उचालेकी छन् ।

उपाधि भिडन्तमा सेरेना विलियम्सलाई हराउँदै बियान्काले पहिलो ग्रान्डस्लाम उपाधि उचालेकी हुन्  सेरेना करियरको २४ औ ग्रान्डस्लाम जित्न पुन एक पटक असफल रहिन् यो हारसँगै सेरेना पुन चौथा पटक मुख्य प्रतियोगिताको फाईनलमा निराश बन्न पुगिन् उनी घरेलु मैदानमा कीर्तिमानी ग्रान्डस्लाम जित्न असफल भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *