काठमाडौंएसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा आइतबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । बंगलादेशलाई हराउन सकेमा नेपालको अघिल्लो चरणको सम्भावना जीवितै रहनेछ भने पराजित भएमा सेमिफाइनल खेल्ने सम्भावना हराउने छ ।
बंगलादेशसँगको खेल्न कप्तान रोहितकुमार पौडेल, पवन सर्राफ, कमलसिंह ऐरी,रित गौतम, हरिबहादुर चौहान रहेका छन् । त्यस्तै भिम सार्की मोहमद आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, राशिद खान,सगर ढकाल,खडक बहादुर बोहोरा,सूर्य तामाङ,लोकेश बम र प्रतिस जि.सी. रहेका छन् ।
यता बंगलादेशको टीममा भने कप्तान अकबर अली, उप कप्तान तोहीद ह्रिदोय, रकिबुल हसन, मिर्टुनजोय चौधरी निपुर्ण, शरिफुल इस्लाम, तनिज हसन, तजिम हसन सकीब, मोहम्मद हसन इमोन, मोहम्माद शाहिन एलोम, अनिक शरकिर, मिनजुर रहमान मोहन, मोहम्मद हसन जोय, अस्रफुल इस्लाम सलिम, समिम हसन सहादत हसन रहेका छन् ।शुक्रबार आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएपछि नेपाल कठिन यात्रामा छ ।