प्रमुख समाचार

एनसेल लाभकरबारे सर्वोच्चले गरेको आदेशविरुद्ध संसदमा उठ्यो प्रश्न

काठमाडौंदूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको पूँजीगत लाभकर प्रकरणमा सर्वोच्च अदालतले जारी गरेको आदेशप्रति संघीय संसदमा प्रश्न उठेको छ ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलका प्रमुख सचेतक देब गुरुङले एनसेलको लाभकर प्रकरणमा सर्वोच्चले जारी गरेको आदेशबारे संसदमा प्रश्न उठाएका हुन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै नेता गुरुङले लाभकर प्रकरणमा सर्वोच्चले जारी गरेको आदेशले अरबौंको कोषको घोटाला गराएको पनि आरोप लगाए ।नेता गुरुङले सर्वोच्च अदालतले ९ भदौमा जारी गरेको आदेशले एनसेलको पूँजीगत लाभकरण प्रकरणमा सर्वोच्च अदालतको २३ माघ २०७५ को बृहद पूर्ण इजलासले गरेको फैसलाको उल्लंघन गरेको समेत आरोप लगाए ।

नेता गुरुङले एनसेलको पूँजीगत लाभकर प्रकरणमा सर्वोच्चले गरेको आदेशविरुद्ध तत्कालन पुनरावलोकनमा जानुपर्ने भन्दै सरकारको ध्यानाकर्षण पनि गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *