राजनिति

मेयर बनेको २ वर्षमै अमेरिका, अष्ट्रेलिया जापानसहित ७ देशको भ्रमण

विराटनगर, २२ भदौ । जनताको सेवाका लागि जनप्रतिनिधि बनेका राजनीतिक दलका केही नेता आफ्नो ब्यक्तिगत स्वार्थमा लिप्त भएका कारण आलोचित भइरहेका छन् । विराटनगरको मुख्य बजारका सडक लथालिंग छन् । तर मेयर भने विदेश सयर गर्दै फुर्सद छैन । सडक तथा नाला निर्माणका लागि खनेर छाडिएका कारण सर्बसाधरणलाई अस्पताल पुग्न पनि समस्या छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको दिन भने फेरीएको छ । उनी निरन्तर विदेश भ्रमणमा छन् । नवौं विदेश यात्राका क्रममा उनी जापान पुगेका छन् ।अष्ट्रेलियाबाट फर्किए लगतै मेयर पराजुली जापान पुगेका हुन् । गत साउन २३ गते एनआरएनको कार्यक्रमका लागि भन्दै अष्ट्रेलिया पुगेका पराजुली १० दिनपछि नेपाल फर्किएका थिए । भदौ ७ गतेको राधाकृष्ण रथयात्रापछि मेयर पराजुली जापान पुगेका हुन् । पराजुलीसँगै महानगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी पनि छन् ।

पराजुली बुधबार विराटनगर फर्किने कार्यातालिका छ । विराटनगर महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि पराजुली भारत, चीन, श्रीलंका, मलेसिया, अमेरिका, अष्ट्रेलिया र जापान पुगिसकेका छन् । उनले भारत र चीनको २-२ पटक भ्रमण गरेका छन् । मेयर भीम पराजुलीले दुई वर्षमा सातवटा देशमा ९ पटक भ्रमण गरे पनि उपलब्धी भने शून्य छ ।

विराटनगर महानगरपालिका- २ का वडाध्यक्ष कुमार पोखरेल मेयरको विदेश यात्राका कारण नगरसभापछि बोर्ड बैठक बस्न नपाएको बताउँछन् । महानगरपालिकाले विकास निर्माण गर्दा सामान्य सावधानी नअपनाउँदा सर्बसाधरणले दुःख पाएका छन् । विराटनगर महानगरपालिका- ३ का वडाध्यक्ष विनोदकुमार बस्नेत मेयर नहुँदा काममा सामान्य प्रभाव पर्ने बताउँछन् । आफ्नो मेयरविरुद्ध बोल्न नसक्ने बताउँदै उनले भने, ‘उपमेयरलाई अधिकार दिएकै हुन्छ, काममा ठूलो प्रभाव पर्दैन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *