मनोरंजन

कंगनाको संघर्षका दिन १२ कक्षामा फेल भएपछि सुरु भयो

एजेन्सी । प्राय विवादास्पद अभिव्यक्त दिइरहने बलिउड नायिका हुन् कंगना रनौत । उनी सन् १९८७ मार्च २३ मा भारतको हिमाञ्चल प्रदेशमा जन्मिएकी थिइन् ।कंगना सानैदेखि जिद्धि स्वभावकी थिइन् । तर, उनले जीवनमा थुप्रै संघर्ष गरेकी छिन् । लामो समयको संघर्षपछि बलिउड उद्योगमा आफ्नो पहिचान बनाउन सफल भएकी छिन् ।

कंगनाका मातापिता उनलाई डाक्टर बनाउन चाहान्थे तर कंगनाले १२ कक्षाको परीक्षा उत्तीर्ण गर्न सकिनन् । त्यसपछि उनी घर छोडेर दिल्ली गइन् । त्यहाँबाट नै कंगनाको जीनवका संघर्षका दिनहरु सुरु भएका थिए । दिल्ली पुगेपछि कंगनाले एउटा मोडलिङ कम्पनीसँग सम्पर्क गरिन् । उनले ‘ग्याङस्टार’ बाट बलिउडमा पाइला राखेकी थिइन् त्यसपछि उनले थुप्रैवटा फिल्ममा सफलता प्राप्त गरिन् ।उनले जीवनमा थुप्रै अवार्डहरु पनि प्राप्त गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *