मनोरंजन

थाइल्यान्डमा महानायक हमालको यस्तो पोज

तीन दशकयता सिने क्षेत्रमा रहेका महानायक राजेश हमालले २०० भन्दा धेरै फिल्महरुमा काम गरिसकेका छन् । पछिल्लो समय हमाल फिल्म क्षेत्र बाहेकका काममा केन्द्रित छन् ।

अभिनयबाट केही समयदेखि टाढा रहेका ५५ वर्षिय हमालको जागर भने युवाहरुको भन्दा कम छैन् । आफ्नो स्वास्थ्य र शरीरलाई सन्तुलनमा राख्नका लागि उनी नियमित जिम र खानपानमा सतर्कता अपनाँछन् ।

महानायक राजेश केही समयमा यता थाइल्यान्डमा छन् । थाइल्यान्ड भ्रमणमा रहेका राजेशले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा केही तस्बीर सेयर गरेका छन् । थाइल्यान्डबाट सार्वजनिक गरेका तस्बीरहरुले उनले आफ्नो शरीरलाई निकै मेन्टेन गरेको देखिन्छ । फोटोहरुमा उनका प्रशंसकहरुले राम्रो प्रतिक्रिया दिइरहेका छन् । उनले आफ्नो जीवन शैलीबाट धेरैलाई प्रेरणा समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *