खेलकुद

सिरी ‘ए’ को सबैभन्दा दोस्रो छिटो खेलाडी रोनाल्डो !

 २२ भदौ  युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन सिरी ‘ए’ का सबैभन्दा दोस्रो छिटो खेलाडी बनेका छन्  अघिल्लो सिजन मात्र स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्टस गएका पोर्चुगलका कप्तान रोनाल्डो सिरी ‘ए’ को दोस्रो छिटो खेलाडी बनेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् इटालीको मिडिया ‘ला गजेट्टो डेल्लो स्पोर्ट्स’को रिपोर्टअनुसार सन् २०१८ मा सिरी ‘ए’ च्याम्पियन क्लब युभेन्टस आएका ३४ वर्षीय रोनाल्डो दोस्रो छिटो खेलाडी बनेका हुन्  युभेन्टसका स्ट्राइकर रोनाल्डो इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमा छँदा सबैभन्दा छिटो खेलाडी थिए तर, उनी अहिले पनि आफूलाई दोस्रो स्थानमा राख्न सफल छन् ।

सन् २००२ देखि २००९ सम्म प्रिमियर लिग क्लब युनाइटेडमा छँदा उनी तीब्र गतिका खेलाडी मानिन्थे  यस्तै ९ वर्ष ला लिगा क्लब रियल मड्रिड बसाइको क्रममा उनी अत्यन्तै लोकप्रिय खेलाडी बन्न सफल भएका थिए  तर, यो उमेरसम्म आइपुग्दा पनि उनी उत्तिकै कुद्नेमा कुनै दुईमत नै छैन  रोनाल्डोले सिरी ‘ए’ अन्तर्गत नापोलीविरुद्धको खेलमा १० सेकेन्डमा ९२ मिटर कुदेको एक तथ्यांकमा उल्लेख छ ।

नयाँ सिजनको दोस्रो खेलअन्तर्गतको सो खेल युभेन्टसले जितेको थियो  रोनाल्डोले पनि एक गोल गरेको उक्त खेल युभेन्टसले ४–३ गोल अन्तरले जितेको थियो  सन् २०१८१९ को सिरी ‘ए’ र नयाँ दुवै सिजनको तथ्यांकअनुरुप गरिएको उक्त सर्वेक्षणअनुसार रोनाल्डो दोस्रो बनेका हुन्  उनीभन्दा एक स्थान माथि नापोलीका स्टार कोस्टाक मानोलास छन् इटालीको मिडिया ‘ला गजेट्टो डेल्लो स्पोर्ट्स’को रिपोर्टअनुसार रोनाल्डोको गति ३४.६२ किलोमिटर प्रतिघण्टा रहेको छ तर, उनलाई पछि पारेका कोस्टाक मानोलस २८ वर्षका छन् । मानोलसको गति ३५.४१ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ ।

रोमाबाट यसै सिजन नापोली आएका उनी रोनाल्डोभन्दा थोरै अगाडि छन्  रोनाल्डोभन्दा मानोलस ०.७९ किलोमिटर प्रतिघण्टाले मात्र अगाडि छन्  यस्तै तीब्र गतिका खेलाडीहरूमध्ये तेस्रो स्थानमा टोरिनोका सिमेवन जाजा रहेका छन्  उनको गति ३४.६२ किलोमिटर प्रतिघण्टा रहेको छ भने चौथो नम्बरमा रोमाका जियान्लुका मन्चिनी रहेका छन्  उनको गति ३४.४६ किलोमिटर प्रतिघण्टा छ भने पाँचौं स्थानमा रहेका एटलान्टाका बेराट जिमिस्टीको गति ३४.२६ रहेको छ  यस्तै छैटौं स्थानमा फियोरेन्टिनाका पोल लिरोला रहँदा सातौं स्थानमा रोमाकै खेलाडी क्लुइभर्ट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *