खेलकुद

मेस्सीसँग सम्झौता लम्ब्याउने सोचमा बार्सिलोना

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले आफ्ना क्लबका स्टार खेलाडी लियोनल मेस्सीसँग आजीवन सम्झौता गर्ने तयारी गरेको छ । मेस्सीले हाल बार्सिलोनासँग २०२०–२०२१ सम्मका लागि सम्झौता गरेका छन् । तर, सम्झौतामा मेस्सीले चाहेमा हुनै पनि सिजनको अन्तिममा क्लब छोड्न पाउने बताइएको छ ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारियाले ‘बार्सा टिभी’सँग कुराकानी गर्दै मेस्सीलाई लामो समयसम्मका लागि सम्झौता गर्न लागेको बताएका छन् । “मेस्सीले बार्सिलोनासँग हाल २०२०–२१ सम्मका लागि सम्झौता गरेका छन्, तर मेस्सीले चाहेमा कुनै पनि सिजन अन्त्य हुनुपूर्व क्लब छाड्न पाउनेछन्,” मारियाले भने ।

लियोनल मेस्सीले पछिल्लो समय बार्सिलोनाको कप्तानी सम्हालिरहेका छन् । उनले पहिलो सिजनमा क्लबलाई ला लिगाको उपाधि पनि दिलाएका थिए । साथै बार्सिलोनालाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पनि पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
“यो यस्तै केस हो जब हाम्रो जाबीसँगको सम्झौता अन्तिम समय सकिएको थियो ।

त्यस्तै पुयोल र इनिस्टासँगको सम्झौता सकिँदा पनि यस्तै भएको थियो । उनीहरुले अन्तिम सम्झौता सकिने लगत्तैै क्लब छाडेका थिए । त्यसैले मेस्सीलाई क्लब फुटबलको करियर सकिँदासम्म सम्झौता गर्ने तयारी भइरहेको छ,” मारियाले भने ।बार्सिलोनाले हाल मेस्सी २०२२ मा कतारमा हुने विश्वकपसम्म क्लबमै रहने विश्वास लिएको छ । साथै क्लबमा एन्टोनी ग्रिजम्यान र डी योङ भित्र्याएको बार्सिलोना यो सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने योजनामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *