प्रमुख समाचार

गुगल र फेसबुकले गरे रसियाले लगाएको आरोपको खण्डन

मस्को । गुगलले स्थानीय निर्वाचनका समयमा जिम्मेवार राजनीतिक विज्ञापनको समर्थन गरेको बताएको छ । तर, रसियाले यसअघि गुगल र फेसबुकले स्थानीय निर्वाचनका समयमा अनावश्यक विज्ञापनको प्रचारप्रसार गरेको आरोप लगाएको थियो ।

‘टेक जाइन्ट’ गुगलले प्रचार गरिएका विज्ञापनका विषयमा लगाइएको उक्त आरोप न त स्वीकार गरेको छ न त अवस्वीकार नै गरेको छ । रसियाको कम्युनिकेसन वाचडगले गुगल र फेसबुकले स्थानीय निर्वाचनका समयमा निर्वाचन विरोधि गतिविधिको प्रचारप्रसार गरेको बताएको थियो ।

“हामीले जिम्मेवार राजनीतिक विज्ञापनको समर्थन गरेका हौं । स्थानीय कानुनअनुसार नै स्थानीय निर्वाचन हुनुपर्ने र मताधिकारका विषयका राजनीतिक विषयहरुको प्रचारप्रसार गरेका हौं,” गुगलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

फेसबुकले पनि स्थानीय निर्वाचन कानुनको पालनामा विज्ञापनकर्ता र कम्पनी जिम्मेवार नभएको बताएको छ । आइतबार रसियामा स्थानीय र क्षेत्रीय निर्वाचन सम्पन्न भएको थियो । रसियन समाचार संस्था आरआईएका अनुसार राजधानी मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टी युनाइटेड रसिया पार्टी पराजित भएको थियो ।
रोयटर्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *