राजनिति

थाइल्यान्ड भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता

काठमाडौं । थाइल्यान्ड भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार स्वदेश फर्किएका छन् ।नातिनी कृतिका शाहलाई पढाइको सिलसिलामा भर्ना गर्ने उद्देश्यले साउन २४ गते थाइल्यान्ड प्रस्थान गरेका थिए । उनका साथमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी शाह पनि सोमबारै स्वदेश फर्किएका छन् ।सोक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजतन्त्रका समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो । समर्थकहरुले राजतन्त्रको पक्षमा नारा लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *