प्रमुख समाचार

काठमाडौँमा हुईकिन थाल्यो चिनियाँ बिजुली बस, भारतसंग खर्बौको ब्यापार घाटा कम हुने (भिडियो)

काठमाडौंमा आजदेखि विद्युतबाट चल्ने अर्थात् बिजुली बस सञ्चालन भएका छन् । निजी क्षेत्रको सुन्दर यातायात प्रालिले काठमाडौंका बिभिन्न पाँचवटा रुटमा बिजुली बस सञ्चालन गरेको हो ।बढ्दो ब्यापार घाटाका कारण सरकारले समेत पछिल्लो समय विद्युतीय सवारी संचालनमा नरम नीति लिएकै कारण यस्ता विद्युतीय सवारीमा आकर्षण बढ्दो छ। विद्युतीय सवारी साधन संचालन गरी भारत बाट बार्षिक रुपमा आयात हुने करिब १ खर्ब ६० अर्ब रुपैयाँ को इन्धन घटाउन समेत यस्ता सवारी उपयोगी हुने बुझाई समेत सरकारको छ।

सुन्दर यातायातले आजदेखि संचालन गर्ने बिजुली बस पहिलो रुटमा चक्रपथ परिक्रमा, दोस्रो रुटमा नारायणथानजावलाखेलमेडिसिटी अस्पताल, तेस्रो रुटमा गोगंबुसामाखुसीगौशलाकोटेश्वर हुँदै भक्तपुरको सल्लाघारीसम्म, चौथो रुटमा ढुंगेअड्डाकलंकीत्रिपुरेश्वरवीरअस्पतालजमलकृष्णपाउरोटीरातोपुलगौशालाचावहिलबौद्धजोरपाटी हुँदै अत्तरखेलसम्म र पाँचौं रुट भक्तपुरको सूर्यविनायक–कोटेश्वरबानेश्वरवीरअस्पताल र जमलमा बिजुली बस सञ्चालन हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *