मनोरंजन

सलमान खानको पहिलो प्रेमिका को थिइन्

एजेन्सी  सलमान खानको जीवनमा धेरै युवतीहरुको प्रवेश भयो । तर, छोटो समयमा नै ती सम्बन्धहरु टुटे । कति युवतीप्रति सलमान खानको ठुलो लगाव रहेको थियो भने केही युवतीहरु सलमान भनेसी मरिहत्ते गर्थे ।

सलमान खान अझै पनि अविवाहित नै रहेका छन् । उनको विवाहका विषयका कारण मिडियामा ठुलो चर्चा आज पनि उत्तिकै हुने गर्छ । उनको युवतीहरुको सम्बन्धलाई लिएर पनि मिडियाका विषय बन्ने गर्छन् ।कतिले त उनलाई भर्जिन समेत भन्ने गर्छन् । तर, उनलाई फिल्ममा सफलता पाउनका लागि युवतीहरुले प्रयोग गर्ने समेत गरेको केही फिल्म विश्लेषकहरु बताउने गर्छन् ।

उनी बलिउड फिल्ममा सफलता पाउन सिंगनलै भएजस्तो पनि गर्छन् । सलमान खानको पहिलो प्रेमिका हुन् संगिता बिजलानी । सन् १९८० को दशकमा यो जोडीको व्यापक चर्चा रहेको थियो ।संगिताले सलमान खानसँग भेट्नुपुर्व मिस इण्डियाको ताज जितेकी थिइन् । उनीहरुले एकअर्कालाई केही वर्ष डेट गरे र ब्रेकअप गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *