खेलकुद

इन्जुरी समयको पेनाल्टीमा चुकेका कप्तानको घरमा आक्रोशित समर्थकले गरे आक्रमण

राष्ट्रिय टिमका कप्तानले महत्वपूर्ण खेलमा पेनाल्टीमा गोल गर्न नसकेपछि आक्रोशित भएका समर्थकले खेलाडीको घरमा आक्रमण गरेका छन् ।विश्वकप फुटबल २०२२ को छनौट अन्तर्गत सियारलियोनका कप्तान उमारु बान्गुराले आइतबार भएको लाइबेरियासँगको खेलको इन्जुरी समयमा पाएको पेनाल्टीमा गोल गर्न सकेनन् ।

जसका कारण लाइबेरिया समग्रमा ३–२ ले विजयी हुँदै छनौट चरणको अघिल्लो चरणमा प्रवेश गरेको छ । सियरालियान भने छनौट चरणको अघिल्लो प्रक्रियामा जान सकेन ।

टिम पराजित भएपछि आक्रोशित भएका समर्थकले बान्गुराको घरमा ढुंगा प्रहार गरेका हुन् । राजधानी फ्रिटाउनमा रहेको उनको घरको ढोका तथा झ्यालमा क्षति पुगेको छ । बान्गुराले पेनाल्टीमा गोल गर्न नसकेको कुरालाई मजाक बनाउँदै गति पनि बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *