अक्षय कुमार ५२ वर्षका भए। ९ सेप्टेम्बर १९६७ मा पन्जाबको अमृतसरमा उनको जन्म भएको थियो। तर, अक्षय कुमार अझै पनि २५ वर्षका जवानझैँ फिट देखिन्छन्।
उनीनिकटका व्यक्तिहरू कडा अनुशासन नै अक्षयको फिटनेस मन्त्र रहेको बताउँछन् ।१३ वर्षदेखि अक्षय कुमारको बडीगार्ड रहेका श्री तेले भन्छन्, ‘अक्षय कुमारको फिटनेसको रहस्य नै उनको अनुशासन हो । उनी राति ९ बजेभित्र अनिवार्य रूपमा सुत्छन् र बिहान सबेरै उठ्छन् । साँझ ६ बजेअघि नै डिनर गरिसक्छन् । बिहान ४ बजे उठ्नेबित्तिकै अभ्यास गर्छन् ।’
तेलेका अनुसार अक्षय कुमार सबैभन्दा पहिले स्टेयरकेस चलाउँछन् र त्यसपछि साइक्लिङ गर्छन् । यसबाहेक स्किपिङ, रनिङ र जिम पनि गर्छन् । बिहान ६ बजेदेखि सुटिङको काम सुरु गर्छन्। आजको नयाँ पत्रिकाले यो खबर छापेको छ।
राति ५ बजेभित्र घर फर्किइसक्छन्। ‘आउटडोर सुटिङ हुँदा पनि उनले यस्तो बानी छाड्दैनन्,’ तेले भन्छन् । अभिनेत्री कियारा आडवाणीले अक्षय कुमारको जीवनशैली उत्कृष्ट र प्रेरणादायक रहेको बताइन्। ‘म कामना गर्छु, उनीजस्तै शक्ति मलाई पनि मिलोस् । उनको जीवनशैलीले उनको छालालाई चम्किलो र स्वस्थ्य राखेको छ । सबैले यस्तै जीवनशैली फलो गर्नुपर्छ,’ उनले भनिन्।
एक्सन निर्देशक श्याम कौशल भन्छन्, ‘अक्षय आजभन्दा २०-२५ वर्ष पहिले जति फिट थिए, आज पनि उस्तै छन् । त्यतिवेलादेखि अहिलेसम्म उनमा खासै फरक देखिएको छैन। चाहे उनको शरीरको लचकता होस् वा शारीरिक मुभमेन्टमाथिको कन्ट्रोलको कुरा होस् । मलाई लाग्छ यो सबैका लागि कठिन अनुशासन आवश्यक पर्छ।’