राजनिति

चिनियाँ विदेशमन्त्रीले आज प्रचण्ड तथा देउवालाई भेट्ने

काठमाडौँ नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले मंगलबार पनि राजनीतिक भेटवार्ता गर्दै छन् । उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मंगलबार भेटवार्ता गर्ने तयारी छ ।

यस्तै उनले नेपालचीन व्यापार सम्बद्ध प्रतिनिधिसँग पनि भेट गर्दै छन् । सोमबार राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसहितलाई भेटेका उनी मंगलबार नै स्वदेश फर्किँदै छन् । उनी आइतबार बेलुका नेपाल आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *