सलमान खानले यसै महिनाको सुरुमा क्यानडा र अमेरिकाका केही सहरमा टुर गर्ने योजना बनाएका थिए तर, केही इभेन्ट्समा सहभागिता जनाउँदै आफ्ना फ्यानलाई भेट्ने योजना पूरा हुन पाएन।
तर, अब यस्तो कार्यक्रम अर्को वर्ष मात्रै हुनेछ भारतीय सञ्चारमाध्यमका अनुसार गायक मिका सिंह विवादमा मुछिएपछि सलमानले कार्यक्रम स्थगित गरेका हुन् यसअघि सलमानसँगै कमाल खान र मिका सिंह पनि कार्यक्रममा जाने गरी योजना बनेको थियो। तर, पाकिस्तानमा आफ्नो प्रस्तुति दिएपछि मिका सिंह विवादमा तानिए यो खबर आजको नयाँ पत्रिकामा छ।
उनले पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफका नजिकका आफन्तको बिहेभोजमा प्रस्तुति दिएका थिए कस्मिर विवादका कारण भारतपाक सम्बन्ध बिग्रिएको छ त्यसैले यस्तो प्रस्तुतिपछि मिका सिंहविरुद्ध समर्थकहरू खनिएका थिएसलमान खान आजकल ‘दबंग ३’ को सुटिङमा व्यस्त छन् यसपछि उनले ‘बिग बोस १३’ को काम सुरु गर्नेछन्।