नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशैभर देखिएको डेंगी संक्रमण नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।दोस्रो चरणको राष्ट्रिय जागरण अभियान उद्घाटन गर्दै मंगलबार पोखरामा वरिष्ठ नेता पौडेलले भने, ‘सरकार त्यसै अलमलिएको छ, लामखुट्टे पनि मार्न सकेको छैन। अस्पतालमा डेंगीका बिरामी लाइन छ, नियन्त्रणमा सरकारको ध्यान छैन।’
कम्युनिष्ट सरकार वाइड बडीलगायत विभिन्न भ्रष्टाचार काण्डमा फसेको पौडेलले आरोप लगाएउनले भने, ‘दुई तिहाइ समर्थन पाएको कम्युनिष्ट सरकार जनताका काम गर्न छाडेर भ्रष्टाचारमा लिप्त छ।’नेता पौडेलले मंसिर १४ गते कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा पार्टीको जित हुने दाबी पनि गरे।