मनोरंजन

क्यान्सरलाई जितेर ऋषि कपुर भारत फर्किए

एजेन्सी । प्राणघातक रोग क्यान्सलाई जितेर बलिउड अभिनेता ऋषि कपुर भारत फर्किएका छन् । उनी मंगलबार बिहान आफ्नी श्रीमती ऋतुसँग भारत फर्किएका हुन् ।बिगत एक वर्षदेखि उनी अमेरिकाको न्यूयोर्क शहरमा उपचारको क्रममा रहँदै आएका ऋषिलाई विमानस्थलमा उनका छोरा रणविर कपुर तथा छोरी रिद्दिमा कपुरले स्वागत गरेका थिए ।

ऋषि अहिले क्यान्सर मुक्त भएका छन् । त्यसैले उनी भारत फर्किएका हुन् ।ऋषिको पछिल्लो फिल्म ‘झुठा कही का’ गत १९ जुलाइमा रिलिज भएको थियो । फिल्ममा ऋषिको अलवा जिमी शेरगिल, लिलिट दुबे, ओमकार कपुर र मनोज जोशी पनि मुख्य भुमिकामा देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *