मनोरंजन

नेहा कक्कर कक्षामा पढ्दै गर्दा उनका बुबाले बाहिर समोसा बेच्थे

एजेन्सी । सबै सफल कलाकारहरुको पारिवारिक अवस्था राम्रो हुन्छ भन्ने होइन । कतिपय कलाकारहरुको पारिवारिक अवस्था निकै नाजुक थियो । उनीहरु निकै कठिन समय जुजारेर अहिले नाम र दामले सफल भएका छन् ।

यसैमध्येकी एक गायिका हुन् नेहा कक्कर । सन् १९८८ को जून ६ मा भारतको उत्तराखण्डको ऋषिकेशमा उनी जन्मिएकी थिइन् । नेहाले बलिउडका थुप्रै फिल्ममा गीत गाएकी छिन् । लण्डन ठुमकदा, लड्की ब्यूटीफुल कर गई चुल, काला चश्मा जचदा ऐ जस्ता चर्चित गीतमा आफ्नो आवाज दिने नेहा कक्कडले विभिन्न अवार्ड पनि पाइसकेकी छिन् ।

नेहाले चार वर्षको उमेरमा आफ्नो गायन यात्रा सुरु गरेकी थिइन् । सन् २००६ मा पहिलो पटक इन्डियन आइडलको दोस्रो सिजनका लागि अडिशन पनि दिएकी थिइन् । नेहा ऋषिकेशको जुन स्कूलमा पढ्ने गर्थिन्, उक्त स्कूल बाहिर उनका बुबा समोसा बेच्थे । नेहाले एक अन्तरवार्तामा यसबारे जानकारी दिएकी थिइन् । बुबाले यस्तो काम गरेकोमा साथीहरुले उनलाई जिस्काउने गरेकोसमेत बताइन् । तर, उनले यस्तो कुरालाई वास्तै गरिनन् र निरन्तर अघि बढिरहिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *