मनोरंजन

अभिनेत्री ऐश्वर्याबारे यी कुराहरु कमैलाई थाहा छ

१. ऐश्वर्याले आफ्नो जीवनमा पहिलो विज्ञापन केमिल ब्राण्डस्को लागि गरेकी थिइन् । र त्यतिवेला उनी ९ कक्षामा पढ्थिन् ।२. आजसम्म चुनिएका सबै मिस वल्डर्समा भोटिङको आधारमा ऐश्वर्यालाई २ पटक २००० र २०१० मा सबैभन्दा सुन्दर युवती घोषणा गरिएको थियो ।

३. सन् १९९४ मा जब ऐश्वर्या मिस वल्र्डको अवार्ड जित्न सफल भइन् तब उनले इवेन्टको होस्टले डेटको लागि सोधेको थियो । तर उनले यो अफर ठाडै अस्विकार गरेकी थिइन् ।४. ऐश्वर्याले मेडिकलको पढाई पूरा गरेर उनी मोडलिङमा आउन चाहान्थिन् तर धेरै सुन्दरी भएको कारण उनलाई थुप्रै अफर आउन थाल्यो त्यसकारण उनी यो काममा आउन बाध्य भइन् ।

५. सन् २००७ मा अभिषेक बच्चनसँग बिहे गरेर बच्चन खानदानकी बुहारी बनेकी थिइन् ।६. आमा बनेपछि छोरी आराध्याको लागि धेरै समय बलिउडबाट टाढा रहेकी थिइन् ।७. ऐश्वर्याको आफ्नो बारेमा लेखिएको आर्टिकल कलेक्सन गर्ने बानी छ ।८. ऐश्वर्याले २ पटक फिल्मफेयर अवार्ड जितिसकेकी छिन् ।९ . भारत सरकारले उनलाई पद्मश्री पुरस्कारले सम्मानित गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *