खेलकुद

घाइते मेस्सी मैदान फर्कने अन्योल, शनिबार हुने खेल पनि गुमाउने

म्याड्रिड बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी यो सिजनका कुनैपनि खेलमा मैदान उत्रन सकेका छैनन् सिजनको तयारीका लागि प्रशिक्षणमा फर्किएको पहिलो दिनमै मेस्सी घाइते भएका थिए गत अगस्ट ५ तारिखमा।पिँडुलाको चोटबाट अझै उनी ठिक हुन नसकेको जनाइएको छ आगामी शनिबार ला लिगाअन्तर्गत भ्यालेन्सियाविरुद्ध हुने खेलका लागि पनि मेस्सी उपलब्ध हुन नसक्ने जनाइएको छ।

भ्यालेन्सियापछि बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बोरुस्सिया डर्टमुन्डविरुद्ध अवे खेल खेल्ने छ त्यो खेल पनि मेस्सीले गुमाए उनको पुनरागमन ला लिगामार्फत हुन सक्ने छ सेप्टेम्बर २१ तारिखमा हुने खेलमा मेस्सीले यसबीचमा राष्ट्रिय टोलीका खेल पनि गुमाएका छन्र बुधबार बिहान भएको मैत्रिपूर्ण खेलमा मेस्सी टोलीमा नरहेपनि अर्जेन्टिना विजयी भएको थियोबार्सिलोनाका अर्का स्ट्राइकर लुइस स्वारेज पनि पिँडुलाकै चोटका कारण मैदानबाहिर छन्बार्सिलोनाको सिजनको पहिलो ला लिगा खेलमा स्वारेज घाइते भएका थिएत्यसयता उनी मैदान उत्रन सकेका छैनन्।

भ्यालेन्सियाविरुद्ध उनी उत्रन सक्नेबारे केही खुलाइएको छैन ला लिगाको यो सिजन बार्सिलोनाको सुरुवात गतिलो हुन सकेको छैन उसले तीन खेलमा एक जित, एक बराबरी र एक हारको नतिजा निकालेको छ पहिलो खेलमै उसले पराजय ब्यहोरेको थियोमेस्सी पछिल्ला लगातार तीन सिजन ला लिगाका सर्वाधिक गोलकर्ता बनेका थिए उनकै बेजोड प्रदर्शनमा बार्सिलोनाले घरेलु लिगको उपाधि रक्षा गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *