प्रमुख समाचार

महिलाले हुईकाउने साझा बस, यात्रु भन्छन पुरुषको भन्दा सुरक्षित छ हेर्नुहोस भिडियो रिपोर्ट

काठमाडौँको सडकमा गुड्ने एउटा साझा बस कहिले काहिँ झ्याप चढ्नु भयो भने तपाईले एकछिन अचम्म मान्नुहुन्छ किनकि सधै पुरुष चालकले हुईकाउने यस्ता ठुला बसमा यात्रा गर्ने तपाईलाई यो बसमा भने महिला चालकले हुईकाउनु हुनेछमहिलाहरुलाई कठिन काममा कमजोर सोच्ने हाम्रो समाजलाई चुनौती दिदै काठमाडौँको अस्तव्यस्त सडकको भिड छिचोल्दै साझा बस हुईकाएर महिलालाई कमजोर नठान्न चुनौती दिने यी हिम्मतवाली महिला चालक हुन् हर्पिता श्रेष्ठ।

यिनको आट र हिम्मत र चालकीय कलाको को त धेरै प्रशंसक नै हुन् त्यो संगै उनको लज्जालु मुस्कान मधुर बोली र आकर्षक ब्यातित्वका कारण उनीसंगै यात्रा गर्ने महिला मात्रै हैन पुरुष यात्रीले समेत जिब्रो काड्छन उनको यी बिभिन्न कलाले नै उनले चलाउने बसमा अनुसासन समेत कायम रहेको यात्रुहरु बताउछन।

उनीसंगै यात्रा गर्ने धेरै महिलाले त उनलाई देखेर कठिन कामका लागी हामी महिला पनि कमजोर रहेनछौ भन्ने अनुभूत समेत गर्छन महिलाले जोखिम मोल्न सक्दैनन भन्ने पुरुषहरु समेत यो हिम्मत देखेर एकपटक झसंग हुन्छन यिनै हिम्मतावाली र धेरै महिलाको प्रेरणा बनेकी साझा बसकी चालक हर्पिता श्रेष्ठ संगै हामीले पनि एकपटक संगै यात्रा गरेर सुनौलो नेपाल अनलाइन टिभीका लागी यो एउटा रिपोर्ट तयार पारेका छौ।कसरी उनलाई यो पेशा प्रति आकर्षण बढ्यो यो कामका कठिनाई के छन् अरु महिलाले कसरी यो अवसर प्राप्त गर्न सक्छन यी यस्तै प्रश्नको जवाफ खोजेका थियौ हेर्नुहोस उनीसंगै कुरा गरेर हामीले तयार पारेर यो अन्तर्वार्ता सहितको यो भिडियो रिपोर्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *