प्रमुख समाचार

सत्तारुढ दलकी सांसदको प्रस्ताव– भारतसँगको सीमा क्षेत्रमा सेना परिचालन गरौं

काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव अगाडि सारेकी छन् भारतले सीमा क्षेत्र अतिक्रमणका गतिविधि बढाउँदै लगेको उल्लेख गर्दै सांसद भुसालले सीमा नाका बन्द गर्नुपर्ने बताएकी हुन् साथै, सीमा क्षेत्रको सुरक्षाका लागि सेना परिचालन गर्नुपर्ने पनि सांसद भुसालको प्रस्ताव छ ।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै बोल्दै सांसद भुसालले यस्तो प्रस्ताव राखेकी हुन्  दैनिक मिटरका दरले भारतीय सीमा सुरक्षा बलले हतियारको बलमा नेपालको हजारौं किलोमिटरसम्मको भूमि मिच्ने काम गरेकाले त्यसलाई रोक्न पनि दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्ने भुसालको जिकिर छ ‘भारतीय सीमा सुरक्षा बलले जब्बरजस्ती नेपालको भूमि दैनिक मिटरमा र वर्षमा हजारौं किलोमिटरका दरले मिच्ने गरेको छ,’ सांसद भुसालको भनाइ थियो, ‘त्यसकारण त्यसलाई रोक्न पनि दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्छ ।’

नेकपा सांसद पम्फा भुसाल
सांसद भुसालले दुई मुलुकबीचको नागरिकलाई आवातजावतका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्ने पनि बताइन् सत्तारुढ दलकी सांसद भुसालको प्रस्तावप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले भने आपत्ति जनाए  कांग्रेस सांसद देबेन्द्रराज कँडलले नेपालभारतबीचको सीमा नाका बन्द गर्ने सत्तारुढ नेकपाकी सांसद भुसालको प्रस्तावप्रति आपत्ति जनाए ।

भौगोलिक रुपमा पनि निकट सम्बन्ध रहेको दुई मुलुकबीच सीमा नाका बन्द गर्न नमिल्ने उल्लेख गर्दै बरु भूमि मिच्न नदिन सरकारले भारत सरकारसँग तत्काल कूटनीतिक पहल गर्नुपर्ने सांसद कँडेलको भनाइ थियो नेपालभारतबीच भौगोलिक रुपमा समेत अति सामिप्यता भएकाले सीमा क्षेत्रमा काँडेतार लगाउने कुरा दुवै पक्षलाई मान्य नहुने कँडेलको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *