प्रमुख समाचार

पौने दुई करोडमा भवन बन्यो, कार्यालय भने खारेज

महिला तथा बालबालिका कार्यालयको निर्माण भर्खरै सम्पन्न भयो  तर, संघीयता कार्यान्वयनसँगै सो कार्यालय खारेज भयो  कार्यालय हुन्जेल भाडामा बसेको थियो  खारेज भइसकेपछि भने गुल्मीमा दुई करोडको लागतमा आधुनिक भवन बनेको हो ।

नयाँ भवनमात्र हैन भवन बनाउने ठेकेदार पनि अहिले अलपत्र परेका छन्  सुनिल समिर निर्माण कम्पनले भवन बनाउने ठेक्का ०७४ सालमा पाएको थियो  एक करोड ७३ लाख ६१ हजार पाँच सय ७४ रुपैयाँको लागतमा बहुवर्षीय ठेक्का मार्फत भवन निर्माण भएको हो  जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले नयाँ भवन स्वतह समन्वय समिति मातहतमा आउने बताए  उनले स्थानीय तहको सिफारिसमा कुनै कार्यालय वा संघ/संस्थालाई हस्तान्तरण गरिने जानकारी दिए ।

रेसुङ्गा नगरपालिका ९ मा बनेको भवनमा अहिले ताल्चा लागेको छ  नगरपालिकाका मेयर डिल्लीराज भुसालले रेसुङ्गा नगरपालिकाकै प्रयोजनको लागि भवन प्रयोग हुने बताए  जिल्लाका तीन स्थानीय तहले बाहेक लगभग सवैले भाडा तिरेर कार्यालय संचालन गरेका छन्।

रेसुङ्गा नगरपालिकासँगै वडा कार्यालयहरु पनि लाखौ भाडा तिरेर बसेका छन्  नगरभित्रै झण्डै दुई करोडको भवन ताल्चा लगाएर राख्नुपर्ने र स्थानीय तहका कार्यालय भने लाखौं भाडा तिरेर बस्नु पर्ने विडम्बना रहेको रेसुङ्गा ७ का वडाध्यक्ष मोहन पाण्डेयले गुनासो गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *