मनोरंजन

सौगातले छाडे ‘राम राम’, यसो भन्छन् निर्देशक

सुवर्ण थापाको निर्देशनमा बन्न लागेको ‘राम राम’बाट अभिनेता सौगात मल्लले हात झिकेका छन्।तिहारबाट फ्लोरमा जाने तय भएपनि सिनेमाको स्क्रिप्टले अन्तिम रूप पाउन नसकेपछि सौगातले पैसा फिर्ता गरेका छन्।

निर्देशक थापाले सौगातले पैसा फिर्ता गरेको स्वीकार गरेका छन्।‘हाम्रो स्क्रिप्ट लक हुन सकेको छैन। सौगातजीले अरू सिनेमामा समय दिनुपर्ने भएकाले पैसा फिर्ता गर्नुभएको हो’, उनले भने, ‘तर यहाँ अर्कै कारणले भन्ने हल्ला चलेछ। मेरो पहिलो रोजाइ सौगात नै हुन्, अन्य विकल्पको बारेमा सोचेको छैन। समय नमिलेमा मात्र विकल्पका बारेमा सोच्नेछु।’

त्यसैगरी निर्देशक थापाले स्क्रिप्टले अन्तिम रूप दिएपछि सिनेमाको नयाँ सुटिङ मिति सार्वजनिक गर्ने बताए।निर्देशकले यस्तो बताएपनि सिनेमामा आफ्नी प्रेमिकासमेत रहेकी श्रृष्टि श्रेष्ठलाई आफ्नो जोडी बनाउने कुरामा निर्माणपक्ष तयार नभएपछि सौगातले पैसा फिर्ता गरेको चर्चा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *