मनोरंजन

एकाबिहानै कस्ता कार्यहरु गर्छिन् आलिया

एजेन्सी । अहिलेको समय अभिनेत्री आलिया भट्ट आफ्नो आगामी फिल्म ‘सडक–२’को सुटिङ ऊटीमा गरिरहेकी छन् । उनले हिलस्टेशनबाट एक भिडियो सेयर गरेकी छन् । भर्खरै आलियाले आफ्नो आफिसियल युट्युव च्यानल पनि खोलेकी छन् । उनले युट्युव च्यानलमा आफ्नो मर्निङ सेड्युअल सेयर गरेकी छन् ।

साथै उनले भिडियो मार्फत आफ्नो जीवनको बारेमा बसैलाई बताउँदै आएकी छन् । अभिनेत्री आलियाका अनुसार विहान उठ्ने वित्तिकै उनले मोबाइल फोनबाट टाढै रहन्छन् । उनले विहान उठ्ने वित्तिकै सोसल मिडियामा कम समय विताउन पूरै कोशिस गर्दै आएकी छन् । आलियाका अनुसार विहान उठ्ने वित्तिकै उनले पत्रिका खोज्न सुरु गर्छन् ।

सुरुमा उनले विहान उठ्ने वित्तिकै कफी पिउने गर्थिन, तर अहिले आएर विहान तातो पानीमा कागती निचोरेर पिउन सुरु गरेकी बताएकी छन् । रिपोर्टका अनुसार, उटी सेड्युअलमा आदित्य राय कपुर र आलिया भट्ट सुटका लागि पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *