खेलकुद

खेलकाे २२ मिनेटभित्रै ह्याट्रिक

लस एन्जलस । लाउटारो मार्टिनेजले सानदार प्रदर्शन गर्दै २२ मिनेटभित्र ह्याट्रिक पूरा गरेपछि सान एन्टोनियोमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोविरुद्ध ४–० को जित रचेको छ ।

इन्टर मिलानका स्ट्राइकर मार्टिनेजले १७, २२ र ३९ औं मिनेटमा गोल गरी मेक्सिकोविरुद्ध अर्जेन्टिनाको उत्कृष्ट जित निश्चित गरेका थिए ।पीएसजीका मिडफिल्डर लिएन्द्रो पारेडेसले ३३ औं मिनेटमा पेनाल्टीमार्फत अर्को एक थोल थपेका हुन् । दक्षिण अमेरिकी महारथी अर्जेन्टिनाले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । तर, २२ वर्षीय मार्टिनेजले नै यस खेलमा अन्तर्राष्ट्रिय सन्चारमाध्यमलाई केन्द्रमा राखे । उनले अर्जेन्टिनाका लागि१३ खेलमा ९ गोल गरेका छन् ।

मार्टिनेजले १७ औं मिनेटमा गोलको खाता खोलेका थिए । त्यसको ५ मिनेटपछि अर्को गोल गरेका उनले पहिलो हाफ सकिनु ६ मिनेटअघि आफ्नो ह्याट्रिक पूरा गरेका हुन् । अर्जेन्टिना नियमित सदस्य लियोनल मेस्सी, सर्जियो अगुइरो र एन्गेल डी मारियाबिना दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि उत्तरी अमेरिकाभ्रमणमा निस्किएको थियो । एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *