मनोरंजन

यी हुन् दक्षिण भारतीय फिल्मका महँगा कमेडियनहरु

एजेन्सी । फिल्ममा कमेडियनको भुमिकाले धेरै अर्थ राख्छ । यही कारणले हरेक फिल्ममा कोही न कोही कमेडियन भएकै हुन्छन् । बलिउडमा जस्तै साउथ फिल्म इन्डस्ट्रीमा पनि केही कमेडियन धेरै नै लोकप्रिय छन् ।

यीमध्ये ब्रम्हानन्दम सबैभन्दा चिनिएको अनुहार हो । अहिलेसम्म उनले १ हजार भन्दा बढि फिल्ममा अभिनय गरिसकेका छन् । उनले प्रतिदिन ३ लाख भारतिय रुपैया चार्ज गर्छन् ।बम्हानन्दमबाहेक साउथमा अन्य धेरै कमेडियनहरु छन् जसले राम्रो पारिश्रमिक लिने गरेका छन् । यस्ता छ साउथका लोकप्रिय कमेडियनको पारिश्रमिक रेट

१. ब्रम्हानन्दम

अहिले सम्म १००० भन्दा बढि फिल्ममा काम गरिसकेका ब्रम्हानन्दमले प्रतिदिन ३ लाखभारु पारिश्रमिक लिने गरेका छन् ।

२. अलीबाशा

साउथकाअर्का लोकप्रिय कमेडियन अलीबाशाले प्रतिदिन २ लाख रुपैंया चार्ज गर्छन् ।

३. सप्तागिरी

खास नाम बैंकट प्रभु प्रसाद रहेका सप्तगिरीले प्रतिदिन डेढ लाखभारु पारिश्रमिक लिने गरेका छन् । उनलाई साउथका मिनी ब्रम्हानन्दम पनि भनिन्छ ।

४. पोसानी कृष्णा

पोसानी कृष्णा मुरली अभिनेताको साथमा लेखक र निर्देशक पनि हुन् । उनले १५० भन्दा बढि फिल्म पनि लेखेका छन् । उनले साउथ फिल्ममा कमेडियनको रोल गरेबापत प्रतिदिन डेढ लाखभारु लिन्छन् ।

५. रघु बाबु

तेलगु फिल्मका चिरपरिचित कमेडियन रघु बाबुले प्रतिदिन एक लाखभारु पारिश्रमिक लिन्छन् ।

६. थगुबोथु रमेश

थगुबोथुको असलीनाम रमेश रामिल्लाहो तर उनलाई धेरैले उनको फिल्मी नामले चिन्छन् । उनले धेरै जसो फिल्ममा जड्ँयाहाको रोलमा काम गर्छन् । उनले पनि एक दिनको एक लाखभारु पारिश्रमिक लिन्छन् ।

७. कृष्णा

कृष्णाको असली नाम पापा राव चौधरी हो । उनले पनि ३ सय पचास भन्दा बढि फिल्ममा अभिनय गरिसकेका छन् । उनले पनि एक दिनको एक लाखभारु पारिश्रमिक लिन्छन् ।

८. भेनेल्ला किशोर

वास्तविक नाम बोकल्ला किशोर कुमार भएका उनले एक दिनको ५० हजार भारु लिने गरेका छन् ।

९. श्रीनिवास रेड्डी

तेलगु कमेडियन श्री निवास रेड्डीले दिनको ५० हजार पारिश्रमिक लिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *