खेलकुद

नेपाली टोली पहिलो हाफमा २–० ले पछि

काठमाडौं  किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनलमा नेपाली महिला राष्ट्रिय टोली पहिलो हाफमा पछि परेको छ काराकोलस्थित सेन्ट्रल स्टेडियममा भइरहेको फाइनलमा उज्वेकिस्तानसँग नेपाली टोली पहिलो हाफको खेल सकिँदा २  ० गोलले पछि परेको छ ।

उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाली टोलीको रक्षापङ्ती कमजोर भइदिँदा नेपाल पछि परकेो हो उज्वेकिस्तानले नेपालविरुद्ध ३९ औं मिनेटमा गोल गरेको हो  समूह चरणको खेलमा पनि नेपाली टोली उज्वेकिस्तानसँग पराजित भएको थियो ।तर, किर्गिस्तान र ताजकिस्तानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो १३ औं दक्षिण एसियाली खेलकुद सागको अभ्यास खेलका रुपमा नेपाली टोली किर्गिस्तान पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *