मनोरंजन

सन्जय दत्तले प्रशंसा गरे श्रीमतीको

एजेन्सी बलिउड अभिनेता सन्जय दत्त लामो समयपछि आफ्नो प्रोडक्सन हाउस ‘भर्जिन ट्री’को फिल्म ‘प्रस्थानम’बाट फेरि ठूलो पर्दामा पाइला चाल्दैछन् । उनकी पत्नी मान्यताले नै यो फिल्म निर्माण गरेकी हुन् । त्यसैले अब सन्जय विस्तारै यो फिल्मको प्रमोसनमा केन्द्रित हुन थालेका छन् ।

यही सन्दर्भ पारेर सन्जयले पत्नी मान्यताको तारिफ गरेका छन् । उनले मान्यताको तारिफ गर्दा आफू जेलमा रहेको समयको पनि स्मरण गरेका छन् । उनले भनेका छन् कि उनी जेलमा हुँदा मान्यताले काम, परिवार, बच्चाहरु तथा आफूलाई पनि निकै ध्यान दिएकी थिइन् ।

एक अन्तर्वार्तामा सन्जयले भनेका छन्, ‘मलाई मेरी पत्नीमाथि गर्व छ । म त्यति बेला जेलमा थिएँ । मान्यताले मेरो परिवार तथा हाम्रो व्यवसायलाई सम्हालिन् । उनको ध्यान सधैं परिवार, म, काममा थियो । उनी सधैं मेरो साथमा थिइन् र मलाई हरेक कदममा साथ दिइन् ।’मान्यताले चाहिँ आफू र सन्जयले मिलाएकाले नै परिवारलाई त्यसरी अगाडि बढाउन सकेको जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *