मनोरंजन

अमिताभ बच्चनलाई जयाभन्दा पहिले मन परेको थियो यी युवती

पछिल्लो समय अमिताभ बच्चनले आफ्नो जीवनका कैयन् राज खुलाएका छन् । भारतमा लोकप्रिय कौन बनेगा करोडपतिको होस्ट गर्ने क्रममा अमिताभले एक प्रतिस्पर्धीसँग कुरा गर्ने क्रममा एक खुलासा गरेका छन् ।अमिताभले बुधबारको एपिसोडमा एक रमाइलो किस्सा सुनाए । उनले दिल्लीमा पढ्दै गर्दा डीटीसीको बसमा एक युवती मन पराएको खुलासा गरे ।

यो किस्सा उनले प्रतिस्पर्धीको जवाफ दिने बेलामा याद आएको समेत बताए । अमिताभका अनुसार त्यतिबेला उनले दिल्ली विश्वविद्यालयमा पढ्थे । त्यतिबेला डीटीसीको बसमा उनी सधै यात्रा गर्ने गर्थे । सोही दौरान उनी हरेक दिन एक युवतीसँग भेट हुन्थे ।

तर, अमिताभले ती युवतीसँग कहिल्यै पनि खुलेर कुरा गरेका थिएनन् । तर, कैयन् वर्षपछि एकपटक ती युवतीसँग फेरि अचानक भेट भयो । त्यतिबेला उनले आफ्नो मनको कुरा भने ।अमिताभले उक्त युवतीले आफूलाई लिएर कुनै भावना राख्ने गरेको पनि बताएका छन् । ती युवती अमिताभका लागि आफ्नो ज्यान दिन पनि तयार भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *