मनोरंजन

फिलिपिन्स मोडेलले गरिन नेपाली केटासंग बिहे, एकअर्काको भाषा बुझ्दैनन..नेपालमै गर्ने मोडेलिङ (भिडियो)

काठमाडौं  फिलिपिन्समा मोडलिगं गर्ने एक युवती नेपाली युवाको प्रेममा परेर विवाह गरेकी छन्  उनी अब नेपालमै मोडलिगं गर्ने सोँचमा छन्  उनले नेपाली युवकसंग विवाह गरिन् उनीहरुको एउटा बच्चा पनि छ  दुवै जनाले एक अर्काको भाषा राम्रोसंग बुझ्न सक्दैनन् नेपालको उज्जवल रिमालसंगको प्रेममा परेकी मेन्सी अहिले नेपालमा छन्  उनले विवाह गरिन् र अहिले उनीहरुको एउटा बच्चा पनि छ ।

उनीहरु गल्फमा भेट भए  एक वर्ष उनीहरु त्यहीँ बसे  त्यसपछि तीन वर्ष देखि उनीहरु नेपालमा छन्  गल्फमा एउटा होटलमा काम गर्दा उनीहरुबीच प्रेम बस्यो  त्यसपछि उनीहरु त्यहाँ एक वर्ष संगै प्रेमी प्रेमीकाको रुपमा बसे अहिले नेपाल आएका छन्  सुरुमा उनी आफु मात्र नेपाल आए उनी फिलिपिन्स गइन्  कतारवाट नेपाल आएका उनी फेरी फिलिपिन्स गए  बच्चा पनि फिलिपिन्समा नै जन्मिए  युवकको मुख्य घर झापाका हुन् ।

अहिले उनी नेपाली सिक्दै छन्  घरमा पनि श्रीमान नहुँदा उनलाई निकै गाह्रो छ  नेपाली भाषा र ब्यवहार नबुझ्दा सम्म उनीहरु काठमाडौंमै बस्ने योजनामा छन्  त्यसपछि मात्र घर जाने उनीहरुको योजना छ परिवारसंग बस्ने वातावरण बनाउन उज्जवलले उनलाई काठमाडौंमै राखेको बताएका छन्  मेन्सीले आफुलाई अहिले नेपाली भाषा बुझ्न र त्यसै अनुसार कुराकान गर्न समस्या भएको बताएकी छन् तर उनलाई नेपाल र नेपाली खाना भने निकै मन पर्छ  नेपालीहरुको ब्यवहारले उनलाई मोहित बनाएको छ उनी भिडियोमा बोलिरहँदा उनको बच्चा भने ममी भन्दै बोलिरहेको थियो  उनीहरुले आफ्नो बच्चालाई नेपाली सिकाउन लागेका छन्  बच्चा बोल्दा अँग्रेजीमा बोल्ने भएपनि नेपाली पनि बुझ्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *