मनोरंजन

किन हुन सकेन प्रभास र अनुष्काको विवाह ?

एजेन्सी । भारतमा चर्चित अभिनेता हुन् प्रभास । फिल्म बाहुबलीमा उनी र अनुष्का सेट्टीको भुमिकालाई दर्शकहरुले खुबै रुचाएका थिए । उनीहरुको जोडीलाई लिएर समेत टिप्पणी भएको थियो । धेरैलाई लागेको थियो प्रभास र अनुष्काको विवाह छिट्टै नै हुनेछ । तर, त्यस्तो केही हुन सकेन ।

अनुश्का र प्रभास रोमान्समा रमाएको खबर पनि आएको थियो । अन्तत प्रभास र अनुश्काको रोमान्स रिलमै सिमित भएको थियो ।विवाहको जति नै चर्चा चलेता पनि उनीहरु एक हुन सकेनन् । कारण प्रभासका परिवारका सदस्य असाध्यै परम्परागत छन् । प्रभासका बाबु आमाले छोरालाई फिल्मलाईनका युवतीसँग विवाह नगर्न दबाब दिएका थिए ।प्रभास अन्ततः परिवारको विरुद्ध जान सकेनन् र उनीहरुको सम्बन्ध अगाडि बढ्न सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *