मनोरंजन

नेपालमा रहेकी सनी लियानले भनिन् – विश्वको मनपर्ने देशमध्ये एक हो नेपाल

काठमाडौं । बलिउड अभिनेत्री सनी लियोन यतिबेला नेपालमा छिन् । नेपाली चलचित्र ‘पासवर्ड’को प्रिमियर शोका लागि उनी नेपाल आएकी हुन् । उक्त चलचित्रको एउटा गीतमा उनले अभिनय गरेकी छन् ।

उनी अहिले काठमाडौंको कुमारी हलमा नेपाली चलचित्रकर्मी, कलाकार, मिडियाकर्मीहरुसँगै बसेर चलचित्र हेरिरहेकी छन् ।चलचित्र हेर्नुअघि उपस्थित मिडिया र दर्शकलाई सम्बोधन गर्दै बिहीबार साँझको कार्यक्रमको लागि नेपाल बोलाएकोमा चलचित्र टिमलाई धन्यवाद दिएकी छिन् ।उनले विश्वको मनपर्ने देशमध्येकै एक नेपालमा आएर यो पल बिताउन पाएकोमा निकै खुशी महसुस भएको बताइन् ।

सनीले एक आइटम गीतमा केही समयको लागि मात्रै आफू देखिए पनि नेपाली चलचित्रमा काम गर्न पाउँदा खुशी लागेको बताइन् । उनले नेपाली गीत भए पनि धेरै पटक सुनेको हुनाले नृत्य गर्न गाह्रो नभएको अनुभव सुनाइन् ।उनी प्रिमियर सकेर भोलि नै भारत फर्किने बताइएको छ । यो सनीको चौंथो नेपाल भ्रमण हो । यसअघि उनी २०१७ मा तेस्रोपटक नेपाल आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *